arrow

जसपा भन्छ- 'पहिले संसद्मा अविश्वासको प्रस्ताव दर्ता होस्, अनि बोल्छौं'

माओवादी केन्द्रसँग भर पर्ने अवस्था अझै छैन

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७७ चैत ३० सोमबार
Jasapa-upen-mahantha-mahato.jpg

काठमाडौं । संसद्मा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता नभएसम्म जनता समाजवादी पार्टी यस विषयमा नबोल्ने भएको छ । सत्ता समीकरणको विषयमा निर्णय गर्न  जसपाका शीर्ष नेताहरूले आइतबारदेखि यसबारेमा छलफल सुरु गरेका छन् । छलफल सोमबार पनि जारी रहने जसपाका नेताहरुले बताएका छन्  । जसपाका नेता राजेन्द्र महतोले सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय पार्टीले गरेको बताए । 

‘सत्ता समीकरणको विषय संसद्मा प्रवेश गरेकै छैन ।  संसद्मा यो विषयमा प्रवेश गरे पछि मात्र यसबारेमा धारणा बनाउन हामी बाध्य हुन्छौ’महतोले भने,‘त्यसैले तत्काल यसबारेमा नबोल्ने निर्णय गरेका छौ ।’ जसपाको अहिलेको ध्यान सत्ता समीकरणभन्दा पनि आफ्ना मुद्दा कार्यान्वयन विषयमा केन्द्रित भएको उनले जनाए । 

‘हाम्रो प्राथमिकता हाम्रा मुद्दा कसरी कार्यान्वयन गर्ने भन्ने हो । सरकारले हाम्रो मुद्दा कार्यान्वयन गर्न प्रक्रिया अघि बढाएका छौ’महतोले भने,‘त्यसैले सरकार बनाउन र ढाल्ने विषय अहिले हाम्रो प्राथमिकता होइन ।’

नेपाली कांग्रेसले केही दिन अघि केपी ओली नेतृत्वको वर्तमान सरकार ढाली आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपासँग प्रस्ताव गरेको थियो । त्यसकालागि कांग्रेस सपभाति शेरबहादुर देउवाले  माओवादी केन्द्र र जसपाका नेताहरूलाई आफ्नो निवासमा बोलाइ सत्ता समीकरणको विषयमा छलफल गरेका गरेका थिए ।  सो प्रस्तावको बारेमा छलफल गरी पार्टीको धारणा बनाउन जसपाका  शीर्ष तहका नेताहरूको बैठक बसेको हो ।

पछिल्लो समय जसपाका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्रीसँग निकट देखिएका छन् । यस अवधिमा उनले प्रधानमन्त्री ओलीसँग पटक पटक भेट वार्ता गरेका छन् । सरकार ढाल्ने विषयमा पार्टी मौन बस्ने निर्णय गर्नुले पनि पनि ठाकुर र ओलीको निकटता पुष्टि हुने जसपाका नेताहरू बत्ताउँछन् ।

तर जसपाका एक पदाधिकारीले भने,‘पहिले माओवादीले समर्थन फिर्ता लिओस् या कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गरोस् । अनि मात्र हामी बोल्छौ । अहिले न माओवादीले समर्थन फिर्ता लिएको छ । न कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । हामीले मात्र किन बोल्ने ?’ माओवादी केन्द्रसँग भर पर्ने अवस्था अझै नरहेको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ