- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक-एक जना संक्रमितको मृत्यु भएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ निवासी ७१ वर्षीय महिलाको सोमवार बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका -५ निवासी ७९ वर्षीय महिलाको सोमवार बिहान मृत्यु भएको हो । चैत २७ गते अस्पताल भर्ना भएकी उनमा ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
त्यसैगरी कपिलवस्तुको वाँणगङ्गा नगरपालिका-३ निवासी ७१ वर्षीय पुरुषको सोमवार बिहान मृत्यु भएको छ । चैत २७ गते नै अस्पतालमा भर्ना भएका पुरुषमा ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको अस्पतालका सूचना अधिकारी गौतमले बताए ।