arrow

एमसीसीको मुद्दा उठेपछि रावलको टिप्पणीः सत्ता र कुर्सीका लागि मातृभूमिको चिरहरण गर्न उद्दत 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
bhim_rawal_news.jpg

काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)को मुद्दा फेरि संसदमा उठेपछि एमाले नेता भीम रावलले कडा टिप्पणी गरेका छन् ।

मंगलबार विहान सामाजिक संजालमार्फत रावलले नेपालको सीमा मिचिदा र स्वाभिमानमा प्रहार हुँदा चुइक्क नबोल्नेहरुले एमसिसीको मुद्दा उठाएकोमा सचेत हुनुपर्ने संकेत गरेका हुन् ।

उनले लेखेका छन्, ‘नेपालको सीमा मिचिदा र स्वाभिमानमा प्रहार हुँदा चुइक्क नबोल्ने तर नेपालको स्वाधीनता र स्वनिर्णयको अधिकारमा आघात पार्ने एमसीसीसंगको सम्झौता पारित गर्नुपर्छ भनी संसदमा चिच्याउनेहरू सत्ता र कुर्सीका लागि मातृभूमिको चिरहरण गर्न उद्दत रहेको देशभक्त नेपालीले बुझौं। त्यस्ताको विरोध गरौं ।’

त्यस्तै रावलले ट्वीटरमा भनेका छन्, ‘सभामुखले एमसीसीसंगको सम्झौता संसदमा रोक्न पाउने अधिकार छ भनी प्रमं केपीले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउनु भएको रहेछ।देशहित विरोधी कुनैपनि सम्झौता र काम रोक्नु प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो।यस्तो कर्तव्यप्रति देशघातीहरूमा भने घृणा हुन्छ।’

सत्तारुढ दलका सांसद खगराज अधिकारीले सोमबार संघीय संसदमा बोल्दै एमसिसीलाई तुरुन्तै संसदको बिजनेस बनाउन मागरेका थिए 
। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ