arrow

एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

दैनिक ११ हजार संक्रमित पुग्ने आंकलन

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
ministry-of-health-1618304803.jpeg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकालगायत देशका मुख्य ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस गरेका छ ।

मंगलबार मन्त्रालयमा पत्रकारहरुसँग बोल्दै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई ३० दिन विद्यालय बन्द गर्न सिफरिस गरेको बताएका हुन् । संक्रमणको चेन ब्रेक गर्न मन्त्रालयले विद्यालय बन्द गर्न सिफरिस गरेको हो ।

उपत्यकामा करिब ८ लाख विद्यार्थी घरमै बस्दा करिब २० प्रतिशत मोबिलिटी कम हुने र यसोहुँदा संक्रमण कम हुने सम्भावना रहने मन्त्री त्रिपाठीको भनाइ छ ।

दैनिक ११ हजार संक्रमित पुग्ने आंकलन

स्वास्थ्य मन्त्री त्रिपाठीले जेठअसारमा फेरि संक्रमण उच्च बिन्दुमा पुग्ने बताएका छन् । उनले जेठको अन्तिम साता र असारको  पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित पुग्न सक्ने बताएका हुन् । 

त्यस्तै कुल संक्रमित ६ लाखसम्म पुग्न सक्ने मन्त्रालयको अनुमान छ । हाल नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ३ लाख पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ