arrow

माधव समूहद्वारा रुपन्देहीमा समानान्तर कमिटी विस्तार

logo
नारायण वली,
प्रकाशित २०७७ चैत ३१ मंगलबार
UML-rupandehi-madhav.jpg

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहले रुपन्देहीमा समानान्तर कमिटी विस्तार गरेको छ । मङ्गलवार (आज) नेपाल पक्षले राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी निर्माण गरिएको हो ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उप–महासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल समूहले रुपन्देही जिल्ला कमिटी घोषणा गरेको छ । जसको, नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरी र उपसचिवमा शिद्धिचरण भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

जिल्ला कमिटीको विस्तारित बैठक बाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएको अध्यक्ष गुरुङले बताए । क्षेत्रीय कमिटी, पालिका स्तरीय इन्चार्ज र जनवर्गीय सङ्गठनमा संयोजक समेत तोकिएको बताइएको छ ।

पछिल्लो समय एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताले जन्माएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुलिएको विवादले अन्ततः दुई पार्टीको एकता भङ्ग भएपछि उत्पन्न राजनीतिक परिस्थितिले नेकपा एमालेमा दुई धारको विवाद चर्किँदै जाँदा नेकपा एमालेका वरिष्ठ नेता नेपाल पक्षले अहिले देशका विभिन्न ठाउँहरूमा समानान्तर कमिटी विस्तारलाई तीव्रता दिँदै आएको छ । 

यसैबीच, केही समय पहिले नेपाल पक्षले लुम्बिनी प्रदेश अन्तर्गत पश्चिम नवलपरासी, अर्घाखाँची र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेको सो समूहले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ