arrow

देउवा निवास पुगे उपेन्द्र र बाबुराम : निराश भएर फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
duba-home.jpg

काठमाडौँ। नयाँ सरकार गठनका विषयमा छलफल गर्न जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई काँग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन्।

नयाँ सरकार निर्माणका लागि गठबन्धन बनाउने विषयमा छलफल गर्न भन्दै जसपाका नेता द्धय यादव र भट्टराई मङ्गलवार साँझ चार बजे बुढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन्।

काँग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार जसपाका नेताहरूसँगको भेटका क्रममा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ।

‘छलफलमा के भयो त ?’ भन्ने हाम्रा कुराको प्रश्नमा यादवले ‘केही भएन’ भन्दै निराशपुर्ण अभिव्यक्ति दिए। गत शुक्रवार पनि देउवाले माओवादी केन्द्र र जसपाका नेताहरूलाई निवासमा नै बोलाएर नयाँ सरकार गठनका विषयमा छलफल गरेका थिए। सो क्रममा देउवाले जसपाका नेताहरू समक्ष सरकारको नेतृत्व गर्न काँग्रेस तयार रहेको भन्दै सघाउन जसपालाई औपचारिक प्रस्ताव गरेका थिए।

तर काँग्रेसको सो प्रस्तावका विषयमा जसपाले हालसम्म कुनै ठोस जवाफ फर्काइसकेको छैन। जसपा भित्रसमेत सरकार गठनका विषयमा विवाद देखिँदै आएको छ।

जसपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण लगायत वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई नै आफ्ना मागमा समर्थन गर्न लगाएर सरकारमा जाने पक्षमा छन् भने यादव र भट्टराई ओलीलाई सरकारबाट बिदा गरेर काँग्रेस र माओवादी सहितको नयाँ सरकार गठन गरिनु पर्ने पक्षमा उभिँदै आइरहेका छन्।

तर, देउवाको प्रस्तावको औपचारिकतालाई भने जसपा र माओवादीका नेताहरूले बुझिसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ