- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मिलेर अगाडि बढ्नका लागि निषेध र प्रतिशोधको चक्रब्यूहबाट बाहिर आउन आग्रह आग्रह गरेका छन् ।
नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा उनले फुटेर नभई जुटेर शक्ति संरक्षण गर्न आग्रह गरे । भारतमा तीर्थयात्राका क्रममा रहेका पूर्वराजाले अब मेची महाकाली र देश बचाउने पालो हाम्रो आएको पनि उल्लेख गरेका छन् ।
राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमानदारी सबैमा हुनु जरुरी रहेकोमा जोड दिँदै उनले आपसी भाँडभैलो, अनमेल र द्धन्द्धको अन्त्य हुनुपर्ने बताए ।
टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु निमुखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नैपर्नेमा पूर्वराजाको जोड छ ।
पूर्वराजाले अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् ।