arrow

‘नयाँ वर्षमा नयाँ सरकार’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
pampha-bhusal1.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुषालले नयाँ वर्षमा नयाँ सरकार बन्नुपर्ने बताएकी छिन् । उनले प्रतिगमनविरुद्ध लडेका दलहरुबीच नै एकता भएर नयाँ सरकार बन्नुपर्ने बताएकी हुन् । 

नयाँ वर्षको शुभकामना दिँदै उनले प्रतिनिधिसभा विघटन गरेर केपी शर्मा ओली नेतृत्वको सरकारले सरकारमा बसिरहने हैसियत गुमाएको भन्दै अब नयाँ वर्षमा नयाँ सरकार बन्नैपर्ने बताएकी हुन् । 

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा नेतृ भुषालले सरकारको असंवैधानिक कदमविरुद्ध सडकमा उत्रिएका दलहरु नै सक्रिय भएर नयाँ सरकार गठन गर्नुपर्ने बताइन् । 

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भएकाले उसकै नेतृत्वमा पनि आफूहरु नयाँ सरकारमा सहभागी हुन तयार रहेको बताएकी छिन् । 

उनले सहमति मिले प्रतिपक्षमा रहेका जोसुकैको नेतृत्वमा पनि सरकार बन्न सक्ने उनले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ