arrow

‘नयाँ वर्षमा नयाँ सरकार बन्नुपर्छ, बनाउनु पर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
ramchandra-poudel-final.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिएका छन् । उनले यसका लागि नेतृत्वले निकास दिनैपर्ने बताएका छन् । नयाँ वर्षको शुभकामना दिँदै उनले भने, ‘नयाँ वर्षमा नयाँ सरकार बन्नुपर्छ, बनाउनु पर्छ ।’ 

नेता पौडेलले अहिलेको राजनीतिक गतिरोधको निकास नखोजे नेतृत्व नालायक ठहर्ने भन्दै लोकतन्त्रका लागि दलहरुबीच सहमति कायम भएर यहाँसम्म आइपुगेको भन्दै लोकतन्त्र टिकाइराख्न अहिलेको सर्वसत्तावादीको अन्त्य गर्नुपर्ने बताए । 

उनले सत्तामा रहेर केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रको घाँटी रेटेको भन्दै तत्काल यसबाट नेपाली जनता मुक्त हुनुपर्ने बताए । 

उनले नयाँ वर्षमा नयाँ सरकार बन्नैपर्ने भए पनि समस्या देखिएको बताए । उनले भने, ‘कतै गाँठो अड्किएको छ । यहाँ कतै रहस्य लुकेको छ ।’

उनले नेपालको भाग्य र भविष्यको निर्माण आफूहरुले नै गर्ने भएकाले सबै मिलेर राजनीतिक निकास दिनुपर्ने बताए । उनले निष्ठा र नैतिकताको राजनीति जोगाउने बेला आएको बताए । नेता पौडेलले व्यक्तिवादलाई अन्त्य गर्नुपर्ने बेला आएको पनि बताए । 

कांग्रेसको नेतृत्वमा सत्ता परिवर्तन गर्नका लागि आफूले प्रयास गरे पनि त्यो किसिमले वार्ता हुन नसकेको पनि उनले नेपाली रेडियो नेटवर्टसँगको कुराकानीमा बताएका छन् । 

माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न तयार रहेको बताए पनि जनता समाजवादी पार्टीभित्रको आन्तरिक समस्याले निकास दिन नसकेको नेता पौडेलले बताए । 

नयाँ वर्षको शुभकामना दिँदै नेता पौडेलले नयाँ वर्षमा नयाँ सरकार बन्नैपर्ने र अहिलेको व्यक्तिवाद चरित्रको अन्त्य गर्नुपर्ने बताए । 

उनले जसपाका नेताहरु आन्तरिक रुपले मिल्नुपर्ने बताए । उनले आफ्ना सभापति (शेरबहादुर देउवा) ले अग्रसरता लिने हो भने कुनै पनि विकल्प खुल्न सक्ने बताए । 

अहिले निर्वाचन सम्भव नभएको उनले बताए । जनता भोट हाल्ने मेशिनमात्र नभएको नेता पौडेलको भनाइ छ । 

उनले कांग्रेस अहिले चुनावका लागि तयार हुनै नसक्ने स्पष्ट पारे । भने, ‘अहिले चुनाव हैन कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीत हुनुपर्नेछ ।’

उनले भने, ‘फेरि नेतृत्व केपी ओलीकै हातमा परे मुलुक कहाँ पुग्छ ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ