arrow

‘नयाँ वर्षमा नयाँ सरकार नबनी सुखै छैन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
Chitra-bahadur-Kc.jpeg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ वर्षमा नयाँ सरकार नबनी सुखै नहुने बताएका छन् । उनले सजिलै नयाँ सरकार बन्ने वातावरण नभएको भन्दै पार्टीका नेताहरुले व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिपछि नयाँ सरकार बन्ने बताए । 

दलका नेताहरुले आफूलाई ध्यानमा राखेकाले गर्दा अन्योल बढेको भन्दै नेता केसीले दलका नेताहरुले स्वार्थ त्याग्नुपर्ने र जनतालाई स्वार्थ बुझाउनु पर्ने बताए । 

राष्ट्रिय जनमोर्चाका नेताहरु कहिल्यै निजी स्वार्थमा नलागेको र नलाग्ने प्रतिवद्धता उनले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली रेडियो नेटवर्कसँगको कुरानीमा व्यक्तसमेत गरेका छन् । 

े केसीले गण्डकी प्रदेशमा जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै नयाँ सरकार बन्ने बताए । उनले पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारलाई आफूहरुको समर्थन नरहेको भन्दै नयाँ सरकार बन्ने दाबी गरेका हुन् । 

कसको नेतृत्वमा सरकार बन्छ त भन्ने प्रश्नमा उनले ‘अहिलेको सरकार ढल्ने र नयाँ सरकार जोकसैको नेतृत्वमा बन्न सक्ने’ बताए । उनले मन मिल्यो भने नयाँ सरकारमा जाने हैन भने समर्थन दिएर बाहिरै पनि बस्न सक्ने बताए । 

उनले भने, ‘जनमोर्चा बिकाउ पार्टी हैन । जहिले पनि जनताकै पक्षमा हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ