arrow

भारतमा एकैदिन दुई लाख नजिक कोरोना संक्रमित, लगातार बाह्रौं दिन विश्वकै सबैभन्दा धेरै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
corona-india_1618102834.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण कहाली लाग्दो स्थितिमा पुगेको छ । संक्रमण उच्च बिन्दूमा पुगिरहँदा १२ दिनदेखि विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । 

मंगलबार (चैत ३१, १३ अप्रिल) अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित एकैदिन थपिएका छन् । मंगलबार १ लाख ८५ हजार १०४ संक्रमित थपिए । 

सोमबार १ लाख ६० हजार ६९४ जना संक्रमित थपिएका थिए । आइतबारको तुलनामा सोमबार करिब १० हजार संक्रमित कम पाइए पनि मंगलबार भने ह्वात्तै बढेका हुन् । आइतबार एक लाख ६९ हजार ९१४ जना संक्रमित थपिएका थिए ।  

हरेक दिन संक्रमित बढेको रेकर्ड बनिरहेको छ । मंगलबारको आँकडाले भने स्थिति नरोकिने अवस्थामा पुगेको देखिन्छ । शनिबार एकै दिन एक लाख ५२ हजार ५६५ जना संक्रमित थपिएका थिए । विगत १० दिनदेखि निरन्तर एक लाख भन्दा बढी संक्रमित थपिने क्रम जारी रहँदा मंगलबारको आँकडाले दुई लाख पुग्ने स्थिति पनि देखिएको छ । 

शुक्रबार १ लाख ४४ हजार ८२९ संक्रमित थपिएका थिए । हरेक दिन नयाँ रेकर्ड राख्ने क्रममा संक्रमितहरु हजारौंको संख्यामा थपिएका छन् । 

बिहीबार एकैदिन १ लाख ३१ हजार ८७८ जना संक्रमित थपिएका थिए । यसअघि बुधबार एकैदिन १ लाख २६ हजार २६५ जना संक्रमित थपिएका थिए । मंगलबार १ लाख १५ हजार २६२ संक्रमित थपिएका थिए । 

हरेक दिन संक्रमणको नयाँ रेकर्ड बन्दै गएको छ । गत हप्ता आइतबार पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए । 

गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

विद्यालयहरु ठप्प पारिएका छन् । दोस्रो लहरको नयाँ भेरियन्टले युवा र बालबालिकालाई बढी आक्रमण गरेको छ । 

कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

कति छ भारतको ताजा तथ्याङ्क
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर १३ लाख ६० हजार ८६७ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । मंगलबार १ हजार २६ जनाको ज्यान गएको छ । सोमबार ८८० जनाको ज्यान गएको थियो । आइतबार ९०४ जनाको ज्यान गएको थियो । शनिबार ८३८ जनाको ज्यान गएको थियो । शुक्रबार ७७३, बिहीबार ८०२, बुधबार ६८४ र मंगलबार ६३० जनाको ज्यान गएको थियो । 

अहिलेसम्म १ लाख ७२ हजार ११५ जनाको ज्यान गइसकेको छ । मंगलबार ८२ हजार २३१ जनामात्र संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड २३ लाख ३२ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । मंगलबार ६० हजार २१२ संक्रमित थपिएका छन् । सोमबार ५१ हजार ७५१ जना संक्रमित थपिएका थिए । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी ६३ हजार २९४ जना संक्रमित थपिएका थिए । शनिबार ५५ हजार ४११ जना, शुक्रबार एकैदिन ५८ हजार ९९३ जना, बिहीबार एकैदिन ५६ हजार २८६ जना संक्रमित थपिएका थिए । 

मंगलबार २८१ जनाको ज्यान गएको छ । सोमबार एकैदिन २५८ जनाको ज्यान गएको थियो । आइतबार एकैदिन ३४९ जनाको ज्यान गएको थियो । शनिबार ३०९, शुक्रबार ३०१, बिहीबार ३७६, बुधबार ३२२ र मंगलबार २९७ जनाको ज्यान गएको थियो । 

महाराष्ट्रमा मात्रै हाल ५ लाख ९३ हजार ४२ जना सक्रिय संक्रमित रहेका छन् । 

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर २० हजार १४८ पुगेका छन् । मंगलबार अहिलेसम्मकै बढी ४ हजार १५७ जना संक्रमित थपिएका छन् । सोमबार २ हजार ९९९ जना संक्रमित थपिएका थिए । आइतबार सबैभन्दा बढी ३ हजार ७५६ जना संक्रमित थपिए । शनिबार ३ हजार ४६९, शुक्रबार २ हजार १७४ जना संक्रमित थपिएका थिए । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार हुन थालेका खवरसमेत आएका छन् । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सन समेत नपाइएको दुखेसो पीडितले गरेका छन् । 

भारतमा अहिलेसम्म १० करोड ८५ लाख ३३ हजार ८५ जनालाई कोरोनाको खोप समेत लगाइसकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ