arrow

प्रतिक्रियावादी षडयन्त्र चकनाचुर पार्न नयाँ सरकार अनिवार्य : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
prachanda211-1618375616.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी षडयन्त्र चकनाचुर पार्न, देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको औंल्याएका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिंदै प्रचण्डले प्रतिगामी कदम विरुद्ध संघर्षरत सबै पक्षहरुलाई संघर्षका निम्ति मोर्चा बनाई एकतावद्ध पहलकदमीका साथ नयाँ सरकार निर्माणका लागि एकजुट हुन आव्हान पनि गरेका छन् ।

प्रचण्डले सन्देशमा कम्युनिष्ट पार्टी बीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीहरुले षडयन्त्रमूलक ढंगले विभाजन गरेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘प्रतिगामी प्रतिक्रियावादीको त्यस प्रकारको षडयन्त्रलाई निस्तेज गर्न कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धताका लागि अपील गर्दछु ।’

नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्ति विरुद्ध लड्ने सामथ्र्य पैदा होस भन्दै उनले शुभकामना ब्यक्त गरेका छन् ।

प्रचण्डले सन्देशमा लेखेका छन्, ‘अबको हाम्रो समाजवाद कस्तो हुने, यसको अर्थनीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ । वर्ग संघर्ष, उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोग जस्ता समाज विकासका नियमहरुलाई आत्मसाथ गर्दै बिचारको विकास गर्न पनि उत्तिकै आवश्यक छ । कृषि, उद्योग र अन्य व्यवसायलाई समाजवादी स्वरुप दिने भन्ने योजना र अभियान सञ्चालन गर्दै सूचनाप्रविधिमा आएको विकासलाई उत्पादन र वर्गसंघर्षका निम्ति व्यवहारिक प्रयोग गर्ने सोच र संस्कृति नेपाली मौलिक समाजवादको आधार बन्न सक्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ