arrow

२० वर्ष लामो युद्ध अन्त्य गर्दै अफगानिस्तानबाट सेना फिर्ता गर्न बाइडेन प्रशासनले तोक्यो नयाँ मिति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
biden-america.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले सेप्टेम्बर ११ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लिने भएको छ । यसअघि ट्रम्प प्रशासनले मे १ मा सेना फिर्ता ल्याउने प्रतिबद्धता जनाएका थिए, तर यो मितिमा नभई सेप्टेम्बरसम्ममा सेना फिर्ता लिने बाइडेन प्रशासनले जनाएको हो ।

बाइडेन प्रशासनले गरेको नीति समीक्षापछि अफगानिस्तानबाट सेना फिर्ता लिन लागेको र २० वर्षदेखिको युद्ध समाप्त गर्न तयार भएको अमेरिकी उच्च अधिकारीले बताएका छन् ।

बाइडेन प्रशासनले अफगानिस्तानबाट सेना फिर्ता ल्याउन तोकेको नयाँ मिति सेप्टेम्बर ११ अमेरिकामा अलकाइदाले आक्रमण गरेको २० वर्ष पुरा हुन्छ ।

न्युर्योक टाइम्स र वाशिंगटन पोष्टले समेत बाइडेन प्रशासनले सेना फिर्ता गर्न नयाँ मिति सार्वजनिक गरेको हो । बाइडेनले बुधवार सेना फिर्ता लिने नयाँ योजना सार्वजनिक गर्ने बताइएको छ । अफगानिस्तानबाट अन्तिम २५ सय सेना फिर्ता लिन अमेरिकालाई कठिन र खतरापूर्ण रहने देखिन्छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अलकाइदाले अमेरिकामा आक्रमण गरेको थियो । त्यसपछि सन् २००१ को अक्टोबर ७ मा अमेरिकाले अफगानिस्तानमा अलकाइदामाथि आक्रमण गरेको थियो । त्यतिबेलादेखि अफगानिस्तानमा अमेरिकी सेना रहिआएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ