arrow

अमेरिकी राष्ट्रपति बाइडेनले नेपालीलाई दिए नयाँ वर्षको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
biden.png

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँ बर्षको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा ट्विटरमार्फत राष्ट्रपति बाइडेनले नेपाली समुदायलाई नयाँ बर्षको शुभकामना दिएका हुन् ।

राष्ट्रपति बाइडेनले नेपालसँगै नयाँ बर्ष पर्ने दक्षिण एशियाली र दक्षिण पूर्वी एशियाली अन्य मुलुक एवं क्षेत्र, बंगाली, कम्बोडियन, लाओ, म्यानमार, सिन्हाली, तामिल, थाई समुदायलाई समेत उनले आफु र पत्नी जील बाइडेनको तर्फबाट शुभकामना दिएका हुन् ।

त्यस्तै नेपाल स्थित अमेरिकी राजदुत र्‍याण्डी बेरीले पनि नयाँ वर्ष २०७८ को शुभकामना दिएका छन्। उनले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत शुभकामना दिएका हुन् ।

राजदुत बेरीले लेखेका छन्, ‘नव बर्ष २०७८ को हार्दिक शुभकामना। म, मेरो परिवार, तथा नेपालस्थित अमेरिकी मिशनको तर्फबाट तपाईंहरूको यो बर्ष खुशी, उमङ्ग, सफलता, र सुस्वाथ्यले भरीपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ