arrow

युएईलाई २३ अर्बको हतियार बेच्ने प्रक्रिया अघि बढाउँदै बाइडेन प्रशासन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
american-gun.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले युनाइटेड अरब एमिरेट्स (युएई)लाई २३ अर्ब डलरको सशस्त्र हतियार बिक्री गर्ने प्रक्रिया अघि बढाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलवार युएईलाई बेच्न प्रस्तावित सशस्त्र हतियार बिक्रीको प्रक्रिया अघि बढेको बताएका हुन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृत गरेको हतियार बिक्री निर्णयलाई डेमोक्रेटिक राष्ट्रपति जो बाइडेन प्रशासनले हेरफेर गर्न रोकेको थियो । ट्रम्पले कार्यालय छोड्नु अघि नै यो बिक्री सुनिश्चित भएको थियो ।

गत नोभेम्बरमै ट्रम्प प्रशासनले सांसदलाई यो सम्झौता अनुमोदन गरिएको जानकारी दिएको थियो । त्यति बेला अमेरिकाको मध्यस्थकर्तामा इजरायल, युएई र बहराइनबिच शान्ति सम्झौता समेत भएको थियो । सोही शान्ति सम्झौता अनुरूप युएईलाई हतियार बिक्री स्वीकृत गरेको ट्रम्प प्रशासनले बताएको थियो ।

यो बिक्री अन्तर्गत अमेरिकाले एफ ३५ एयरक्राफ्ट, लडाकु ड्रोन, सामान्य आणविक र विभिन्न टेक्नोलोजीहरू बिक्री गरिरहेको छ । यमन युद्धमा युएईको संलग्नताको आलोचना गर्दै यी हतियार यमन युद्धमा प्रयोग हुनसक्ने भन्दै कतिपय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । विभिन्न मुलुकहरू संलग्न युद्धका कारण यमनमा बर्षौंदेखि इतिहासकै दर्दनाक मानवीय प्रकोप जारी छ ।

युएईलाई हतियार बिक्री कार्यान्वयन भएमा सन् २०२५ सम्म या पछि आपूर्ति गरिने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलवार बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ