arrow

दलभन्दा माथि रहने राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गरौं : पशुपति शमशेर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
pashupati_samsher.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको बताएका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनेक्रममा उनले प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन दलभन्दा माथि रहने राजसंस्था र सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने औंल्याएका छन् ।

अध्यक्ष राणाले भनेका छन्,  ‘केपी शर्मा ओली प्रधानमन्त्री भएको साढे तीन वर्षमा नेपाली जनतालाई भलो भएको देखिन्न। स्पष्ट बहुमतका बाबजुद राजनीति, समय अन्योलमै बित्यो। दुईतिहाइ बहुमतको अवसर त्यसै खेर फालियो ।’

‘कोरोना महामारी, गिर्दो अर्थतन्त्र, नैतिक ह्रास र अस्थिरताबीच हामी नव वर्ष २०७८ मा प्रवेश गर्दैछौं। अब के हुन्छ भन्नेमा अन्योल कायम नै छ’, उनले भने, ‘अहिलेकै अवस्थामा देश, राजनीति चल्दैन भन्ने जनभावनाबीच राप्रपाप्रति आकर्षण स्वभाविक बढेको छ। यसैबीच पार्टी महाधिवेशनलाई संगठन निर्माण गर्ने आधारको रुपमा हामीले लिएका छौं।’

आगामी दिनमा राष्ट्रिय स्वार्थ, राष्ट्र हित कायम हुन्छ भन्ने विश्वास आफूले राखेको उनले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘दलीय प्रतिनिधिबाट राष्ट्रप्रमुखको निष्पक्ष भूमिका निर्वाह हुन्न भन्ने यथार्थ अवस्था अनुभवबाटै स्थापित भएको छ। त्यसैले प्रजातन्त्र, राष्ट्रियता सुढृद तुल्याउन, दलभन्दा माथि रहने उही पुरानो संस्था, राजसंस्थालाई निष्पक्ष राष्ट्रप्रमुख कायम गर्नु पर्छ भन्ने हाम्रो विश्वास हो। सनातन सापेक्ष हिन्दुराष्ट्र कायम गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ