arrow

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना संक्रमण

logo
एएनआई,
प्रकाशित २०७८ वैशाख १ बुधबार
yogi-adityanath.jpg

लखनउ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

आशङ्का लागेपछि कोरोना परीक्षण गर्दा उनलाई बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नै आफू कोरोना भाइरसबाट संक्रमित भएको तथ्य सार्वजनिक गरेका छन् ।

“मलाई कोरोना भाइरसबाट संक्रमित भएका बेला देखिने केही लक्षणहरु देखिएपछि परीक्षण गरेकामा म कोरोना भाइरसबाट संक्रमित भएको रिपोर्ट आएको छ”, मुख्यमन्त्री आदित्यले लेखेका छन् ।

संक्रमण पुष्टि भएपछि आफू अहिले सेल्फ आइसोलेशनमा बसेको र कोरोना भाइरसको संक्रमणकै कारण कुनै गाह्रो समस्या भने नभएको पनि उनले स्पष्ट पारेका छन् । चिकित्सकहरुको सुझाव र सल्लाहअनुसारको जीवनशैली अहिले अपनाइरहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको मुख्यमन्त्री आदित्यले उल्लेख गरेका छन् ।

उनले आफू सेल्फ आइसोलेशनमा रहे पनि भर्चुअल प्रणालीमार्फत बैठक, भेटघाट, छलफल र कुराकानीहरु गर्ने गरेको उनले जानकारी दिए । मुख्यमन्त्री आदित्य संक्रमित भएर आइसोलेशनमा बसे पनि सरकार सञ्चालन र त्यसका काम कारवाहीमा भने कुनै प्रभाव नपरेको अधिकारीहरुले जनाएका छन् ।

उनले पछिल्लो केही दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई तत्काल कोरोना भाइरसको परीक्षण गराउनसमेत आह्वान गरेका छन् ।

उनसँगै अन्य केही उच्च अधिकारी र उनको सम्पर्कमा रहेका केही व्यक्तिसमेत संक्रमित भएको जनाइएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार मात्रै कम्तीमा १८ हजार २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने अरु ८५ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
नयाँ