arrow

थप ६ सय ३ जनामा संक्रमण, तीनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
corona-nepal-1618404789.jpg

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ८१ हजार ५ सय ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको चार हजार २ सय ८९ पीसिआर परीक्षणबाट ५ सय ८० र ४ सय ५१ एन्टिजेन परीक्षणबाट २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५ सय २६ पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थपिएका कूल संक्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र २ सय ५४ जना रहेका छन् । तमिध्ये काठमाडौँका १ सय ७३, ललितपुरका ६१ र भक्तपुरका २० जन रहेका छन् । उपचार गराएर घर फर्किनेको सङ्ख्या हालसम्म दुई लाख ७४ हजार ४ सय ४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ सय २९ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ४ सय ५७ जना संस्थागत आइसोलेशनमा तथा तीन हजार ५ सय ९९ होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।     

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६१ पुगेको मन्त्रालयले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ