arrow

एकैदिनमा भारतमा दुई लाख थपिए कोरोना संक्रमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
corona-india-final.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित एकैदिन दुई लाखको संख्यामा थपिएका छन् । कोरोनाको संक्रमण भारतमा कहाली लाग्दो स्थितिमा पुग्ने क्रममा बुधबार (अप्रिल १४, बैशाख १ गते) दुई लाखको संख्यामा संक्रमित थपिएका हुन् । 

भारतमा उक्त दिन १ लाख ९९ हजार ३७६ थपिए । संक्रमण उच्च बिन्दूमा पुगिरहँदा १३ दिनदेखि विश्वकै सबैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । 

मंगलबार १ लाख ८५ हजार १०४ संक्रमित थपिएका थिए । सोमबार १ लाख ६० हजार ६९४ जना संक्रमित थपिएका थिए । आइतबारको तुलनामा सोमबार करिब १० हजार संक्रमित कम पाइए पनि मंगलबार भने ह्वात्तै बढेका थिए । आइतबार एक लाख ६९ हजार ९१४ जना संक्रमित थपिएका थिए ।  

हरेक दिन संक्रमित बढेको रेकर्ड बनिरहेको छ । निरन्तर बढिरहेको आँकडाले भारतसँगै छिमेकी देशहरुमा पनि कोरोनाको स्थिति भयावह बन्ने अवस्था देखिन्छ । 

गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

विद्यालयहरु ठप्प पारिएका छन् । कक्षा १० को परीक्षा रद्द गरिएको छ भने १२ को परीक्षा स्थगित गरिएको छ । दोस्रो लहरको नयाँ भेरियन्टले युवा र बालबालिकालाई बढी आक्रमण गरेको छ । 

कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

कति छ भारतको ताजा तथ्याङ्क
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ४० लाख ७० हजार ८९० पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर १४ लाख ६५ हजार ८७७ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । बुधबार १ हजार ३७ जनाको ज्यान गएको छ । यो दोस्रो लहर आएपछिको सबैभन्दा बढी हो । 

मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो । सोमबार ८८० जनाको ज्यान गएको थियो । आइतबार ९०४ जनाको ज्यान गएको थियो । शनिबार ८३८ जनाको ज्यान गएको थियो । शुक्रबार ७७३, बिहीबार ८०२, बुधबार ६८४ र मंगलबार ६३० जनाको ज्यान गएको थियो । 

अहिलेसम्म १ लाख ७३ हजार १५२ जनाको ज्यान गइसकेको छ । बुधबार ९३ हजार ४१८ जनामात्र संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड २४ लाख २६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । बुधबार ५८ हजार ९५२ जना संक्रमित थपिएका छन् । मंगलबार ६० हजार २१२ संक्रमित थपिएका थिए । सोमबार ५१ हजार ७५१ जना संक्रमित थपिएका थिए । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी ६३ हजार २९४ जना संक्रमित थपिएका थिए । शनिबार ५५ हजार ४११ जना, शुक्रबार एकैदिन ५८ हजार ९९३ जना, बिहीबार एकैदिन ५६ हजार २८६ जना संक्रमित थपिएका थिए । 

हाल महाराष्ट्रमा मात्रै ६ लाख १२ हजार ७० जना सक्रिय संक्रमित रहेका छन् । 

बुधबार २७८ जनाको ज्यान गएको छ । मंगलबार २८१ जनाको ज्यान गएको थियो । सोमबार २५८ जनाको ज्यान गएको थियो । आइतबार एकैदिन ३४९ जनाको ज्यान गएको थियो । शनिबार ३०९, शुक्रबार ३०१, बिहीबार ३७६, बुधबार ३२२ र मंगलबार २९७ जनाको ज्यान गएको थियो । 

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर २३ हजार ७२४ पुगेका छन् । बुधबार अहिलेसम्मकै बढी ४ हजार ७८६ जना संक्रमित थपिए । मंगलबार बढी ४ हजार १५७ जना संक्रमित थपिए । सोमबार २ हजार ९९९ जना संक्रमित थपिएका थिए । आइतबार सबैभन्दा बढी ३ हजार ७५६ जना संक्रमित थपिए । शनिबार ३ हजार ४६९, शुक्रबार २ हजार १७४ जना संक्रमित थपिएका थिए । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार हुन थालेका खवरसमेत आएका छन् । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सन समेत नपाइएको दुखेसो पीडितले गरेका छन् । 

भारतमा अहिलेसम्म ११ करोड ११ लाख ७९ हजार ५७८ जनालाई कोरोनाको खोप समेत लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ