arrow

अश्वेत युवा मार्ने प्रहरी पक्राउ, ‘गैरन्यायिक हत्या’ को मुद्दा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
kim-potter-american-police.jpg

काठमाडौं । अमेरिकाको मिनसोटामा अश्वेत व्यक्तिलाई गोली हानी मार्ने श्वेत प्रहरी अधिकृतलाई पक्राउ गरिएको छ । अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा श्वेत प्रहरी अधिकृतलाई पक्राउ गरिएको हो । 

महिला प्रहरी अधिकृत किम पोटरलाई गिरफ्तार गरिएको छ । उनलाई हिरासतमा राखिएको बीबीसीले लेखेको छ । उनीमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरुले बताएका छन् ।

आरोपी पोटरले २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावश गोली चलाएको बताएकी छिन् । उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छिन् ।

राइटका पारिवारिक वकिल बेल क्रुम्पले उक्त हत्या ‘सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग’ भएको बताएका छन् ।

उक्त मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा १० वर्षसम्म कैद र २० हजार डलरसम्म जरिवाना हुनसक्छ।

उक्त हत्याले त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप निम्त्याएको छ। 

राइटको हत्यापछि उक्त क्षेत्रका दुईवटा सहरका मेयरहरुले त्यहाँ आपतकाल घोषणा गर्नुका साथै रात्रिकालीन कर्फ्यु लगाएका थिए ।

उक्त घटना मिनियापलिस क्षेत्र पहिले नै तनावमा रहेका बेला भएको थियो । त्यहाँ गत वर्ष मारिएका अश्वेत जोर्ज फ्लोइडको हत्याको आरोप लागेका एकजना श्वेत पूर्वअधिकारीमाथि सुनुवाइ हुने क्रममा तनाव बढेको थियो ।


 



लोकप्रिय समाचार
नयाँ