- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता ल्याउने घोषणा गरेसँगै तालिबानले आफ्नो जित मनाउन थालेको छ ।
यसअघि नै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्नो सेना सन् २०२१ को मे १ सम्म फिर्ता लिने निर्णय गरेका थिए ।
तर, बाइडेन प्रशासनले यो निर्णयलाई केही समय रोकेको थियो तर अहिले सेप्टेम्बर ११ सम्ममा सबै सेना फिर्ता ल्याइसक्ने निर्णय गरिएको हो ।
अमेरिकाको यो निर्णयसँगै तालिबानले आफ्नो जित भएको बताएको छ । तालिबानको नियन्त्रणमा रहेको बाल्ख जिल्लाका मेयर हाजी हिकमतले बीबीसीसँग भनेका छन्, 'हामीले युद्ध जित्यौं र अमेरिकाले हार्यो।'
उनले अघि भनेका छन्, 'हामी कुनै पनि चीजको लागि तयार छौँ, हामी शान्तिका लागि पूर्ण रूपमा तयार छौँ र हामी जिहाद (इस्लाम विरोधीसँग लड्न)का लागि पनि पूर्ण रूपमा तयार छौँ ।'
सन् २००१ मा ओसामा बिन लादेनले अमेरिकामा आक्रमण गरेको एक महिनापछि देखि सुरु भएको अफगान युद्धमा अमेरिकी सेनाले तालिबान माथि आक्रमण गर्दै आएको थियो ।
गत वर्ष तत्कालीन राष्ट्रपति ट्रम्पले शान्ति वार्ता गराएयता तालिबान र अमेरिकी सेनाबिच आक्रमणका घटना भएका छैनन् ।