arrow

सरकारद्वारा १४ जिल्लालाई कोरोनाबाट अतिसंवेदनशील घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
health-ministry.jpeg

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जिल्लालाई अतिसंवेदनशील जिल्ला घोषणा गरेको छ ।

मन्त्रालयले देशभरका नागरिकहरूलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरेर जिम्मेवार बन्न समेत आग्रह गरेको छ ।

त्यस्तै अति संवेदनशील क्षेत्रका रूपमा घोषणा गरिएका जिल्लाहरूमा राति ७ बजेपछि सबै व्यवसाय बन्द गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीको हस्ताक्षर रहेको विज्ञप्तिले विभिन्न ८ बुँदे अपिल जारी गरी संक्रमणबाट जोगिनका लागि सजग हुन आग्रह गरेको हो ।

यस्तो छ विज्ञप्ति 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ