arrow

प्रिमनसुनको हावाहुरीले प्रदूषणमा कमी, यस्तो छ मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
monsoon-weather-cloud-rain.jpg

काठमाडौं । हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बादल र बाँकी भूभागमा आंशिक बादल रहेको अवस्था छ । 

मौसमविद् सजिना शाक्यका अनुसार बिहीबार राति देशैभर चलेको हावाहुरी र चट्याङका कारण असर परेको छ । त्यही हावाहुरीका कारण धुलो छरिन पाउँदा प्रदूषणमा कमी देखिएको छ । 

काठमाडौं शहर लगातार ११ दिनसम्म विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको थियो । तर बिहीबार रातिको हावाहुरीका कारण भने काठमाडौंमा केही सुधार भएको छ । 

काठमाडौं शहर एघार दिनदेखि विश्वकै प्रदूषित नम्बर एक  

हावाहुरी लाग्ने क्रम केही दिन भइरहने मौसमविद् शाक्यले बताइन् । बिहीबार पूर्वसँगै गण्डकी प्रदेशमा वर्षा भएको छ । फाटफुट भएको वर्षाले पनि धेरै मद्धत गरेको उनको भनाइ छ । 

शुक्रबार पनि केही स्थानमा वर्षा हुनेछ । बिहीबार काठमाडौंमा फाटफुट वर्षा भएको छ । शुक्रबार पनि वर्षा हुने सम्भावना रहेको उनले बताइन् । 

काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार बिहान १३ डिग्री सेल्सियस रह्यो । देशैभर हावाहुरीसँगै केही स्थानमा वर्षा भएका कारण बिहीबार बढेको तापक्रममा भने कमी आएको शाक्यले बताइन् । 

उनले प्रिमनसुन सक्रिय भएकाले गर्दा हावाहुरी लाग्ने र फाटफुट वर्षा हुँदा प्रदूषण कम हुँदै जाने बताइन् । 

उनले केही दिन प्रिमनसुन सक्रिय रहेको बताइन् । 

दिउँसो प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।  प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा मेघगर्जन–चट्टयाङ्ग–हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

 राति प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ । प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई  स्थानमा मेघगर्जन–चट्टयाङ्ग–हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार ओखलढुंगामा सबैभन्दा बढी १६.२ मिलिमिटर वर्षा भएको छ । धनकुटामा १६.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ७ मिलिमिटर वर्षा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ