arrow

हरिद्धार व्यथा

कुम्भमेलामा सहभागी दुई हजार बढी भक्तजन संक्रमित, ७० साधु पनि परे, एकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
sadhu.JPG

काठमाडौं । भारतको हरिद्धारमा चलेको कुम्भमेलामा सहभागी भएका कम्तीमा २ हजार १६७ जना कोरोना भाइरस संक्रमित भएका छन् । जसमा ३० साधु पनि संक्रमित भएका छन् । एक साधुको ज्यान गएको छ । 

मिडिया रिपोर्टसका अनुसार पछिल्लो १० दिनमा करिब ७० प्रमुख सन्तहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र पूर्व मुख्यमन्त्री पनि संक्रमित भएका छन् । 

हरिद्धारको कनखल इलाकामा १० हजार सन्त र उनका समर्थकहरु रहेकामा त्यहाँ शुक्रबार सेनिटाइज गरिने भएको छ । 

कोरोनाका कारण कुम्भमेला यो वर्ष जनवरी १ को सट्टा अप्रिल १ तारिखदेखि शुरु भएको थियो । एक महिनासम्म गर्ने भनिएको मेला कोरोनाका कारण १५ दिनमै सकिएको घोषणा गरिएको छ । 

केन्द्र सरकारले मेलाको समय घटाउने बताए पनि हरिद्धारका डीएम र कुम्भमेला अफिसर दीपक रावतले मेलाको समय घटाउने जानकारी नआएको बताउँछन् । 

अप्रिल १७ देखि पीसीआर परीक्षण बढाउने बताइएको छ । 

भारतमा एकैदिन थपिए दुई लाख सत्र हजार कोरोना संक्रमित 

गत बुधबारको शाही स्नानमा १४ लाख भक्तजन सामेल भएका थिए । बुधबार नै महामंडलेश्वर कपिल देवको ज्यान गएको थियो । उनी ज्यान गुमाउने ठूला सन्त थिए । 

सरकारले कोभिड १९ को गाइडलाइनलाई पनि गम्भीरतापूर्वक पालना गर्न आग्रह गर्दा गर्दै कुम्भमेलामा कोराना तीव्र रुपले फैलिएको हो । 

त्यहाँ कोही पनि स्वास्थ्य मापदण्ड पालना गरेका पाइएका थिएनन् । कसैको पनि मुखमा मास्क थिएन भने भौतिक दूरी पालना सम्भव नै थिएन । 

संक्रमित अझै बढेका हुने आशंका गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ