arrow

मर्केललाई अस्ट्राजेनिकाको खोप दिइयो

logo
एएफपी,
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
angela-merkel1.jpg

बर्लिन ।  जर्मनीकी चान्सलर एन्गेला मर्केललाई शुक्रबार कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ ।
 
पहिलो चरणको खोप स्वरुप उनलाई अस्ट्राजेनिका खोप लगाइएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

जर्मनीका स्वास्थ्य अधिकारीहरूले दुई हप्ता अगाडि ६० बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले अस्ट्राजेनिका खोप लगाउन मिल्ने सिफारिस गरेका थिए ।

उनीहरूको सिफारिस अनुसार नै आफ्नो सुरक्षा र आम नागरिकलाई खोपप्रति आकर्षण गर्न उनले शुक्रबार खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन् ।

“मैले आज कोरोनाभाइरसविरुद्धको पहिलो चरणको अस्ट्राजेनिका खोप लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले शुक्रबार लेखेकी छन‍् ।

चान्सलर मर्केलले हरेक व्यक्तिले यो खोप लगाउनु पर्नेमा पनि जोड दिइन् । त्यसका लागि सरकारले खोप अभियान चलाएको उनको भनाइ छ ।  

खोपले कोरोनाभाइरसको महामारी न्युनिकरण गर्न सहयोग गर्ने विश्वास उनले व्यक्त गरिन् । यो खोप हानीकारक रहेको भन्दै केही समय विभिन्न देशहरूले लगाउन छाडेपनि अहिले भने फेरि सुरु गरेका छन् । त्यही शिलशिलामा जर्मनीमा पनि लगाउन थालिएको हो ।

झण्डै १६ बर्षपछि चान्सलरको जिम्मेवारीबाट मुक्त हुन लाग्नुभएकी ६६ बर्षिया मर्केललाई विश्वकै प्रभावशाली नेतृको रूपमा लिइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ