arrow

प्रधानमन्त्री ओलीले झुटको खेती गर्नुभयो : वरिष्ठ नेता नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
Madhav_Kumar_Nepal2.JPG.jpeg

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन्।

उनले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्य तथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको धारणा व्यक्त गरे। बिर्तामोडमा आज जिल्ला कमिटी गठन गर्न आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले निष्कासन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७५ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको जिकिर गरे। 

झापामा समानान्तर कमिटी गठन
माधव नेपाल समूहले आज बिर्तामोडमा कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ। समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा नीलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ