arrow

बालुवाटार नजाने प्रचण्डको भनाई कति दिन टिक्ला ?

logo
हाम्राकुरा सम्वाददाता,
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
oli-prachanda-final.jpg

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार दिउसो ललितपुरको एक कार्यक्रममा सहभागी भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेर भेटघाटको प्रस्ताव राखे। 

ओलीले आज तपाई, म र शेरबहादुर देउवा भेटघाट गरौँ केही विषयहरूमा छलफल गर्नु छ आउनुस् भनेर प्रचण्डलाई प्रस्ताव राखे । 

तर प्रचण्डले म अहिले ललितपुरको दुर्गम गाउँको कार्यक्रममा छु,भेटघाट गरौला तर बालुवाटार भन्दा बाहिर भेटघाट गरौँ अब बालुवाटार आउँदिन सिंहदरबारतिर बसौँ भनेर जवाफ फर्काए । 

ओलीले ठिकै छ बेलुका सल्लाह गरौला भनेर फोन राखिदिए। बालुवाटार निकट स्रोतका अनुसार प्रचण्डले बालुवाटारमा भेटघाट नगर्ने बताएपछि ओलीले राष्ट्रिय मुद्दामा छलफल गरौँ भन्दा पनि आउन नचाहेको बताएका थिए।

आफू निकटका नेताहरूसँग ओलीले, 'मैले राष्ट्रिय समस्या कोभिड लगायत बजेट बनाउने विषयमा छलफल गरौँ भनेको प्रचण्डजीले बालुवाटार आउन सक्दिन भन्नुभयो' भनेर आफू निकटका नेताहरूलाई भनेका थिए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आफू गएर भेटघाट नगर्ने बताएका छन् । तर उनको यो अडान खास टिकाउ नहुने बताइएको छ । 

प्रधानमन्त्री ओलीले शुक्रवार भेटघाट गरौँ भनेर फोन गर्दा दाहालले भेटघाट बालुवाटारमा होइन सिंहदरबारमा गरौँ अबदेखि बालुवाटारमा भेटघाट नगरौँ भन्दै बालुवाटार गएनन्। प्रधानमन्त्री ओलीले साँझ कुरा गरौला भने पनि साँझसम्म प्रचण्डसँग कुराकानी हुन सकेको छैन । 

बालुवाटारले शनिवार ११ बजेलाई सर्वदलीय बैठक बोलाएको छ । बैठकमा प्रचण्डका अतिरिक्त प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस जनता समाजवादी लगायतलाई बोलाइएको छ । तर माधव नेपाल र झलनाथ खनाललाई भने बोलाइएको छैन । 

नेपाल शुक्रवार ओलीकै गृह जिल्लामा पुगेर समानान्तर कमिटी निर्माणमा लागेका छन् । एमालेभित्र विद्रोहको आगो बलिरहँदा शुक्रवार दिउसो प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गर्नु आफैमा अर्थपूर्ण मानिएको छ । तर दाहालले भेटघाट स्थल र समय नमिलेको भन्दै अस्वीकार गरेर भेटघाट अस्वीकार मात्रै गरेनन् शनिवारको सर्वदलीय बैठकमा सहभागी नहुने समेत सङ्केत गरे । 

‘प्रधानमन्त्री ओलीले म, तपाई र शेरबहादुर देउवा बस्नु पर्ने भयो भेट गरौँ भन्ने प्रस्ताव गर्नु भएको थियो तर बालुवाटारमा होइन भेटघातस्थल सिंहदरबार बनाऔँ अहिले म बाहिर छु बेलुका सल्लाह गरौला भनेर जवाफ दिए’, प्रचण्डले प्रधानमन्त्री ओलीलाई दिएको जवाफ उल्लेख गर्दै प्रचण्डको निजी सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले शनिवारको लागि  सर्वदलीय बैठक बोलाएको बताइए पनि प्रचण्डको  सचिवालयले भने सर्वदलीय बैठकबारे कुनै कुराकानी नभएको जनाएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार ११ बालुवाटारमा बैठक बोलाएको जानकारी दिएका छन् । यद्यपि प्रचण्डको सचिवालयले सर्वदलीय बैठकबारे कुनै कुराकानी नभएको तीन जना बसौँ भन्ने कुराकानी भएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ