हरेक १० घण्टामा चीन सम्बन्धी अनुसन्धान गरिरहेको एफबीआईका निर्देशकको भनाई
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ४ शनिबार
464
Shares
वासिङ्टन डिसी। अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक क्रिस्टोफर रे ले अमेरिकामा प्रत्येक १० घण्टामा चीनसँग जोडिएका अनुसन्धानहरू भइरहेको बताएका छन्।
निर्देशक रे ले अमेरिकाको फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोले अमेरिका भित्र चिनियाँ र रुसी प्रभाव प्रयासको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै हरेक १० घण्टामा चिनियाँ सरकारले अमेरिकामा गरिरहेको कार्य रोक्न एफबीआईले अनुसन्धान गरिरहेको बताएका हुन।
अमेरिकी सिनेटको गुप्तचर समितिका सदस्यहरूलाई एफबीआईले अमेरिकामा चीनसँग जोडिएका २ हजार भन्दा बढी अनुसन्धानहरू गरिरहेको जानकारी गराए। उनले अमेरिकी नवीनता, प्रविधि, आर्थिक सुरक्षा, सामरिक चासो र प्रजातान्त्रिक विचारहरूको लागि चीनभन्दा ठुलो गम्भीर खतरा कुनै पनि देश नरहेको बताए।