arrow

अमेरिका र जापानबीच सहकार्यलाई निरन्तरता दिने सहमति

logo
सिन्ह्वा,
प्रकाशित २०७८ वैशाख ४ शनिबार
biden-suga-us-japan.jpg

वाशिङ्टन। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूको स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् बैठकपछि संयुक्त प्रेस सम्मेलन गरी उक्त कुराको जानकारी गराए।

सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले दुबै पक्षले अमेरिका–जापान गठबन्धन, महामारी, नयाँ प्रविधि, जलवायु परिवर्तन र जनताबीच सहकार्यको लागि सहयोग पुर्‍याउन सहमति गरेको पुष्टि गरेका थिए। बाइडेनले चीन र उत्तर कोरियाको ‘चुनौतीहरू’ को सामना गर्न दुबै पक्षले मिलेर काम गर्ने पनि बताएका छन्। 

यसैबीच जापानी प्रधानमन्त्री सुगाले आफू र बाइडेनले ‘प्रशान्त महासागर क्षेत्र र विश्वको समृद्धिमा चीनको प्रभाव’ बारे छलफल गरेको र दुबै मुलुकले ‘चीनसँग खुलारूपमा कुराकानी गर्ने आवश्यकतामा सहमत भएको’ बताए।”

ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार दुबै सहयोगीहरूले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउने बिषयमा पनि प्रतिबद्धता जनाएका छन्।

यसैगरी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाउ लिचियानले विज्ञप्तिबारे चिनियाँ प्रतिक्रिया दिँदै जापान र संयुक्त राज्यले चीनको चिन्ता र मागलाई गम्भीरताका साथ लिनुपर्ने जिकिर गरेका छन्।

उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र चीनको हितलाई हानि पुर्‍याउने कदम नचाल्न चीनलाई लक्षित गरी समूह गठन नगर्न आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ