arrow

बङ्गलादेशमा लगातार दोस्रो दिन पनि १०० भन्दा बढी कोभिड–१९ सङ्क्रमितको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ वैशाख ४ शनिबार
bangladesh-flag.png

ढाका। बङ्गलादेशले शनिवार कोभिड–१९ बाट १०१ जनाको मृत्यु भएको जानकारी गराएको छ। बङ्गलादेशमा लगातार दोस्रो दिन कोभिड–१९ सङ्क्रमित १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र यसलाई सरकारी अधिकारीले महामारीको दोस्रो लहरका कारण आएको सङ्कटपूर्ण अवस्था भनेका छन्।

बङ्गलादेशको स्वास्थ्य सेवा महा निर्देशनालयका अनुसार शनिवार तीन हजार ४७३ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। यससँगै अहिलेसम्म बङ्गलादेशमा कूल सङ्क्रमितको सङ्ख्या बढेर सात लाख १५ हजार २५२ पुगेको छ।

आधिकारिक तथ्याङ्कले देखाए अनुसार बङ्गलादेशभरि गत २४ घण्टामा १६ हजार १८५ नमुनाहरू परीक्षण गरिएको थियो।

निर्देशनालयका अनुसार बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९सङ्क्रमण भई निको हुनेको सङ्ख्या छ लाख आठ हजार ८१५ पुगेको छ। यहाँ शनिवार निको हुनेको सङ्ख्या पाँच हजार ९०७ रहेको बताइएको छ।

आधिकारिक तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर अहिलेसम्म ८५.१२ प्रतिशत कायम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ