arrow

भारतमा एकैदिन थपिए दुई लाख ६१ हजार कोरोनाका संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
corona-india_1618189281.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित एकैदिन शनिबार २ लाख ६१ हजारले बढेका छन् । यो एकै दिन थपिएको कुनै पनि राष्ट्रको सबैभन्दा बढी हो । कोरोनाको संक्रमण भारतमा कहाली लाग्दो स्थितिमा पुग्ने क्रममा यतिधेरै संक्रमित थपिएका हुन् । शनिबार ९अप्रिल १७, बैशाख ४ गते० २ लाख ६० हजार ५३३ जना संक्रमित थपिएका हुन् । 

शुक्रबार २ लाख ३४ हजार थपिएका थिए । हरेक दिन भारतमा रेकर्ड बनिरहेको छ । बिहीबार २ लाख १६ हजार ६४२ जना थपिएका थिए । यसअघि बुधबार १ लाख ९९ हजार ३७६ थपिएका थिए । संक्रमण उच्च बिन्दूमा पुगिरहँदा १५ दिनदेखि विश्वकै सबैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । मंगलबार १ लाख ८५ हजार १०४ संक्रमित थपिएका थिए । 

हरेक दिन संक्रमित बढेको रेकर्ड बनिरहेको छ । निरन्तर बढिरहेको आँकडाले भारतसँगै छिमेकी देशहरुमा पनि कोरोनाको स्थिति भयावह बन्ने अवस्था देखिन्छ । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

कति छ भारतको ताजा तथ्याङ्क
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ४७ लाख ८२ हजार ४६१ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर १७ लाख ९३ हजार ९७६ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । शनिबार दोस्रो लहरपछिको सबैभन्दा धेरै १ हजार ४९२ जनाको ज्यान गएको छ । शुक्रबार १ हजार ३३८ जनाको , बिहीबार १ हजार १८२ जनाको, बुधबार १ हजार ३७ जनाको र मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म १ लाख ७७ हजार १६७ जनाको ज्यान गइसकेको छ । शनिबार १ लाख ३८ हजार १५६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड २८ लाख ५ हजार ९४ जना संक्रमणमुक्त भएका छन् । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । शनिबार अहिलेसम्मकै सर्वाधिक ६७ हजार १२३ जना संक्रमित थपिएका छन् । शुक्रबार ६३ हजार ७२९ जना, बिहीबार ६१ हजार ६९५ जना, बुधबार ५८ हजार ९५२ जना, मंगलबार ६० हजार २१२ संक्रमित थपिएका थिए । 

हाल महाराष्ट्रमा मात्रै ६ लाख ४७ हजार ९३३ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार अहिलेसम्मकै सबैभन्दा बढी ४१९ जनाको ज्यान गएको छ । शुक्रबार ३९८ जनाको, बिहीबार ३४९ जनाको , बुधबार २७८ जनाको, मंगलबार २८१ जनाको ज्यान गएको थियो । 

राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ६९ हजार ७९९ पुगेका छन् । शनिबार मात्रै २४ हजार ३७५ संक्रमित थपिए । उत्तर प्रदेशमा १ लाख ७० हजार ५९ जना सक्रिय संक्रमित छन् । शनिबार त्यहाँ २७ हजार ३३४ संक्रमित थपिए । 

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ३९ हजार ४९७ जना पुगेका छन् । शनिबार अहिलेसम्मकै सबैभन्दा बढी ७ हजार ८७० जना संक्रमित थपिएका छन् । शुक्रबार ६ हजार २५३ जना, बिहीबार ६ हजार १३३ जना संक्रमित भएका थिए । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार हुन थालेका खवरसमेत आएका छन् । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सन समेत नपाइएको दुखेसो पीडितले गरेका छन् । 

भारतमा अहिलेसम्म ११ करोड ९९ लाख ३७ हजार ६४१ जनालाई कोरोनाको खोप समेत लगाइसकिएको छ ।



लोकप्रिय समाचार
नयाँ