arrow

माओवादी केन्द्र त्यागेका गृहमन्त्री थापाको पद गयो, ३५ दिन भित्र उपनिर्वाचन

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ५ आइतबार
badal_new.JPG

काठमाडौं। नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्य पद गुमेको छ। थापा नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य नियुक्त भएका थिए। 

राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले चैत्र १७ गते रामबहादुर थापाले  नेकपा माओवादी त्याग गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएका थिए। उक्त पत्रको आधारमा  राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रिय  सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम थापाको राष्ट्रिय सभा सदस्य पद रिक्त हुने निर्णय भएको । 

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले गृहमन्त्री थापाको पद गएको जनाएका हुन्। सर्वोच्च अदालतले नेकपा विभाजन गरेपछि थापाले एमाले सरकारलाई समर्थन गर्दै आइरहेका थिए। 

३५ दिन भित्र उपनिर्वाचन

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५को दफा ६१ अनुसार रिक्त पदका लागि ३५ दिन भित्र उपनिर्वाचन गराइसक्नु पर्ने प्रावधान रहेको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ बमोजिम कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैंतिस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ