arrow

रामबहादुर थापा गृहमन्त्री नियुक्त, ५ बजे सपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
badal_new.JPG

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा पदमा नियुक्त गरेकी छन्।

आइतबार मात्रै राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका बादललाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएको हो । उनी पदमुक्त भएसँगै उनको गृहमन्त्रीबाटसमेत पदमुक्त बनेका थिए ।

बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुनः गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । गृहमन्त्री नियुक्त भएका बादललाई साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी राष्ट्रपति कार्यालयको छ ।

माओवादी केन्द्रले बादललाई कृेही दिनअघि कारवाही गरेपछि उनको पद धरापमा परेको थियो । हाल भने उनी नेकपा नेकपा एमालेबाट मन्त्री नियुक्त बनेका हुन् । बादल २०७४ मा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ