arrow

सर्वदलीय बैठकबारे डा.भट्टराईको व्यङ्‍ग्य : चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकबारे आफूहरूलाई जानकारी नदिएको बताएका छन् । 

आइतबार सामाजिक सञ्‍जालमार्फत डा.भट्टराईले आफूलाई बैठकबारे जानकारी नआएपछि चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन भनेर व्यङ्‍ग्यसमेत गरेका छन् ।

उनले लेखेका छन् ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन । जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी,ल.पु.मा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनियो एमसीसी बैठक बहिष्कार पो भएछ !’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ