arrow

बलात्कृत वालिकालाई सहयोग

logo
नारायण वली,
प्रकाशित २०७८ वैशाख ५ आइतबार
bimala-paija.JPG

रुपन्देही । विमला मल्लाह (नाम परिवर्तन) एक नावालिका हुन् । उनी उमेरले ५ वर्षकी भइन् । बौद्धिक क्षमताको दृष्टिले पनि उनी सानै उमेरकी छिन् । सामान्य परिवारमा जन्मिएकी मल्लाह भर्खरै विद्यालय जान थालेकी छिन् ।

उनै पीडित वालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१३ की हुन् । गत माघ १ गते उनी माथि जीवनकै ठुलो घटना आई लाग्यो । एक युवाद्वारा जबरजस्ती करणी गर्दा मल्लाह अचेत अवस्थामा गाउँ नजिकै फेला परिन् । स्थानीयहरूको उद्धारमा तत्काल अस्पताल पुर्‍याइएकी मल्लाहको समयमै पाएको उपचारले स्वास्थ्य अवस्था कमजोर भए पनि, तर खतरा वाट जोगिन पुगिन् । फलतः जुन कार्यमा स्थानीय न्यु राईज युवा क्लव साक्षात् बन्यो ।

यौनाङ्ग, मलद्वार, पेट, गाला र आँखामा गरी मल्लाहको हाल सम्म ५ वटा अप्रेशन गरिएको पीडित परिवारले बताएको छ । डाक्टरको सल्लाह अनुसार हाल सम्म उपचार कार्य जारी राखेका मल्लाह परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको छ । जसका कारण नाम परिवर्तन (विमला) को स्वास्थ्य अवस्था बचाउन सक्ने स्थिति नै नभएका वेला, तिलोत्तमा स्थित भवानीमा रहेको न्यु राईज युवा क्लबको अगुवाइमा उक्त पीडित परिवारमा एउटा खुसीको दिन उदायो ।

जुन, क्लबले उक्त पीडित मल्लाहको लागि थालेको न्यायको पाईलाले एउटा गन्तव्य सम्म पुग्यो, र उनै पीडित वालिका मल्लाहले नयाँ जीवनको अनुभूति गर्न पाएको पीडित वालिकाकी आमाको भनाई छ ।

यसै गरी, सो क्लबको पहलमा उपचारका लागि थालेको आर्थिक सहयोगार्थ कार्यले गति लिएसँगै, तिलोत्तमा नगरपालिका वडा नं.१३ मा रहेको (पाँच तारे) टाइगर वन प्यालेस एन्ड रिसोर्ट प्रालीले पनि बलात्कृत वालिका मल्लाहको लागि कक्षा १२ सम्मको शिक्षा, शैक्षिक सामाग्री र ड्रेस लगायतको महाप्रबन्धक लक्ष्मण थापाले लिखित रूपमा प्रतिबद्धता जनाए ।

उनले भने, पीडित वालिका मल्लाहको ली थालेको यो जिम्मेवारी वारे, आफूले प्रणालीलाई कुनै जानकारी नदिएको र यद्यपि कदम कदाचित, प्रालीले प्रतिबद्धता पुरा गर्न नमानेको अवस्थामा आफूले नै सो जिम्मेवारी गर्नेछु, भन्दै प्रतिबद्धता समेत गरे । साथै प्रालीले, हाल कार्यरत कर्मचारीहरू वाट सङ्कलित ३१ हजार ८ सय २० रुपैयाँ पीडित वालिकाकी आमालाई प्रदान समेत गर्‍यो ।

यस्तै, सो क्लबकै अगुवाइमा सोही स्थानका एक पाईजा परिवारलाई पनि आर्थिक सहयोगार्थ प्रदान गरेको छ । केही समय अगाडि क्यान्सर रोग वाट ग्रसित सिद्धान्त पाईजाको उपचारार्थ भन्दै, न्यु राईज युवा क्लबले युएई स्थित रहेको  मितेरी समाज सँग सहयोग माग्यो, तर विडम्बना, सहयोगार्थ उठाउने क्रमलाई जारी राखिएको वेला, यता उपचार गर्ने वेला पाईजाको निधन भएपछि रोकिएको सहयोग, सङ्कलित रकमलाई शनिवार स्व. पाईजाकी आमालाई ४० हजार ५ सय रुपैयाँ क्लबको रोहवरमा हस्तान्तरण गरियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ