arrow

भूगोल दाहालको ‘उडान’मा समेटियो इलामको प्राकृतिक सुन्दरता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
Udanfinal.jpg

काठमाडौं । इलामेली गायक तथा संगीतकार भूगोल दाहालको ‘उडान’ बोलको गित तथा भिडियो सार्वजनिक भएको छ।

इलाम घुम्न आउने पर्यटकले यात्राको क्रममा देखेका तथा भोगेका भोगाइलाई भिडियोमा समेट्न खोजिएको छ।  भिडियोमा माया र प्रेमिल मनहरुले इलामको प्राकृतिक सुन्दरतामा खुशी बाँडदै रमाएर बिभिन्न पर्यटकीय स्थलको प्रतिनिधित्व गरेका छन।

इलामको सूर्योदय नगरपालिकाको कन्याम, फिक्कल, श्रीअन्तु, सुन्दरपानी, तिनतले झरना, स्वामिपार्क रोङको पाथीभरा मन्दिर र काठमाडौंको दृश्यहरु समेटिएको छ।

अमेरिका निवासी निमुखा युवराजको शब्द रहेको गीतमा स्वर र संगीत भूगोल दाहालको छ। गीतलाई गोपाल रसाइलीले एरेज्मेट गरेका छ्न। गीतको रेकर्डिङ नेप टियुन रेकर्डिङ स्टुडियो चाबाहिल र स्टुडियो साउन्ड मिलमा गरिएको हो भने मिक्सिङ मास्टरिङ्ग भने महेश्वर मन राजभण्डारीले गरेका छ्न।

गीतलाई बिआरडि प्रोड्क्सनले बजारमा लिएको हो। इलामको भिडियो छांयाकन निशान्त रानाले गरेका छन् भने काठमाडौको छायांकन मिसेक लिम्बुले गरेका छन्  । सम्पादन निशान्त रानाले गरेका छ्न भने भिडियोको कन्सेप्ट र निर्देशन भूगोल दाहाल आफैंले गरेका छन्।

भिडियोमा इलामको प्राकृतिक सुन्दरता देखाइएकाले पर्यटन बिकासमा सहयोग पुग्ने निर्देशक दाहालले बताए । भिडियोमा रेनिसा सापकोटा, कबिन सापकोटा, युवन्तिका तामाङ, दिवस गुरुङ, सिर्जना ढुंगाना ,गोबिन्द कट्टेल, अनिसा तामाङ ,जोन शर्मा ,आशा लाप्चा ,प्रविन तुम्रुक, अर्चना पराजुली, सागर ढुंगाना, बिकास प्रधान, प्रज्जवल प्रधान ,रुपेन गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।

भिडियोमा अथिति कलाकारको रुपमा विजय बराल र प्रियंका समी सङ्ग्रौला देखिएका छन् । वाल कलाकारमा सोहमश्री दाहाललाई पनि देख्न सकिन्छ । दुई दशकको सांगितिक यात्राको क्रममा दाहालको तिमी बिना, यो जुनीमा, झुल्क्यो घाम ,पैसा हो पैसा, समाधि, हाम्रो भाग्य जस्ता दर्जनौ गित बजार मा आइसकेका छन।  दाहालले २०६१ र २०७१ मा हिड्स एफएम अवार्ड समेत जितिसकेका छन् । -गगन घिमिरेको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ