arrow

अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
Nepal-police-e1462325536967.jpeg

काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) चलाएको आरोपमा नेपाल प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास चलाएको आरोपमा भारतीय नागरिक राना शाह र बङ्गलादेशी मूलका नेपाली नागरिक स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको हो ।

काठमाडौँको चन्द्रागिरि २ स्थित बसण्डोलमा रहेको श्याम कृष्ण श्रेष्ठको घरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । सिआइबीका अनुसार उनीहरूको साथबाट ६४ पोर्टको जिओआइपी गेटवे, निलो रङको डेल कम्पनीको ल्यापटप र चार्जर, टेलिटक लेखिएको सेतो मोडियम, टिपी लिङ्कको डेस्कटप स्विच, निलो रङको रेडमी नोट ६ प्रो मोबाइल, लाभाको एआरसी १०७ मोडलको मोबाइल र पेन ड्राइभ बरामद भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ