arrow

हरिद्वारको कुम्भमेलाबाट फर्किएका पूर्वराजाको पक्षमा नाराबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
gyandra-komal.jpg

काठमाडौं । भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन दश दिनअघि भारत गएका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार काठमाडौं आइपुगेका छन् ।

शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गर्दा ‘राजा आउ देश बचाउ’, हाम्रो राजा हाम्रो देश’ नारा लागेको थियो ।

नेपाल एयरलाइन्सको विमानमार्फत अपरान्ह स्वदेश फर्किएका उनको स्वागतका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा शु्भच्छुकहरुको भीड लागेको थियो । विमानस्थलबाट बाहिरिए लगत्तै शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरेका थिए।

सडकदेखि विमानस्थलभित्रसम्म पञ्चेबाजा घन्काइएको थियो भने राष्ट्रिय झण्डा बोकेका समर्थकहरूले राजसंस्थाको समर्थनमा नाराबाजी गरेका थिए ।

निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा कुम्भमेलामा सहभागी हुन कोमलसहित ज्ञानेन्द्र गत चैत २६ गते हरिद्वार पुगेका थिए ।

शाही स्नानका लागि कुम्भमेला पुगेका ज्ञानेन्द्रले हरिद्वारबाट सम्बोधन गर्दै नेपालमा हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ