- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापासहित काठमाडौंबाट निर्वाचित चार सांसदले वायु प्रदूषणबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
वायु प्रदूषणबारे संसदमा छलफल गर्न माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । थापाले दर्ता गरेको प्रस्तावमा भीमसेनदास प्रधान, राजेन्द्र केसी र जीवनराम श्रेष्ठ समर्थक छन् ।
केही हप्तादेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएकाले वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम, दीर्घकालीन तयारी एवं पहलकदमीका सन्दर्भमा उक्त प्रस्ताव दर्ता गराएको थापाले उल्लेख गरेका छन् ।
प्रस्तावमा डढेलो लगायतका प्रदूषणका कारण खोजी, न्यूनिकण र नियन्त्रणका लागि कार्ययोजना र तालिका बनाई काम गर्न सरकारलाई निर्देशन दिनुपर्ने उल्लेख छ ।
नेपाल सरकारले गत बर्ष “काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ जारी त गर्यो तर त्यसको कार्यान्वयन हुन सकेको छैन। त्यस्तै सरकार आफैले वनाएका विद्युतीय सवारी साधन सम्बन्धी कार्ययोजना पनि कार्यान्वयन हुन नसकेको प्रस्तावमा उल्लेख छ ।
प्रस्तावमा भनिएको छ, ‘वायु प्रदुषण न्युनिकरण र नियन्त्रण गर्नका लागि संसदबाटै सरकारलाई झक्झकाउन पो सकिन्छ की भनेर पटक पटक संसदमा समाधानका उपाय सहितको ध्यानाकर्षण प्रस्ताव पेश गर्यौ तर सम्मानित सदनमा यी विषयहरू कार्यसूचीमा नै परेनन।’
‘यसरी वायु प्रदुषणका दृष्टिले हामी भयाभह अवस्थामा छौ यसको नियन्त्रणका लागि पहल गरौं भनेर तत्कालिन र दीर्घकालिन, नीतिगत र कार्यक्रमगत उपाय र योजनासहित सरकारका विभिन्न निकाय, मन्त्रिपरिषददेखि संसदसम्म सवैतिर ध्यानाकर्षण गराउँदा पनि गम्भिर वनाउन सकिएन।अहिले पनि न भएका निति कार्ययोजना कार्यान्वयन हुन सकेका छन नत नयाँ पहलकदमी नै हुन सकेको छ।
वायू प्रदुषण भयावह वनिरहेको छ तर हामीले बाराम्बार त्यसलाई नजर अन्दाज गरीरहेका छौं । कतै अहिले पनि यो विषय यत्तिकै नजर अन्दाज हुन्छ की भन्ने डर छ। यो विषयलाई क्षणिक र तात्कालिक मौसमी समस्याको रुपमा नहेरियोस् र संसदले निरन्तर चासोको विषय बनाओस् भनेर भने यो ध्यानाकर्षण गराएका छौंं,' प्रस्तावमा उल्लेख छ ।