arrow

भारतमा एकैदिन तीन लाख हाराहारीमा थपिँदै कोरोना संक्रमित, मृतक दर उच्च 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
corona-india-remdesivir-lin.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित एकैदिन तीन लाख नजिक थपिन थालेका छन् । आइतबार २ लाख ७४ हजार ९४४ संक्रमित थपिएका छन् ।

यो एकैदिन थपिएको कुनै पनि राष्ट्रको सबैभन्दा बढी हो । कोरोनाको संक्रमण भारतमा कहाली लाग्दो स्थितिमा पुग्ने क्रममा यतिधेरै संक्रमित थपिएका हुन् । 

शनिबार २ लाख ६० हजार ५३३ जना संक्रमित थपिएका थिए । शुक्रबार २ लाख ३४ हजार थपिएका थिए । हरेक दिन भारतमा रेकर्ड बनिरहेको छ । बिहीबार २ लाख १६ हजार ६४२ जना थपिएका थिए ।

यसअघि बुधबार १ लाख ९९ हजार ३७६ थपिएका थिए । संक्रमण उच्च बिन्दूमा पुगिरहँदा १५ दिनदेखि विश्वकै सबैभन्दा धेरै संक्रमित भारतमा थपिएका छन् । मंगलबार १ लाख ८५ हजार १०४ संक्रमित थपिएका थिए । 

हरेक दिन संक्रमित बढेको रेकर्ड बनिरहेको छ । निरन्तर बढिरहेको आँकडाले भारतसँगै छिमेकी देशहरुमा पनि कोरोनाको स्थिति भयावह बन्ने अवस्था देखिन्छ ।

गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् ।

कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

कति छ भारतको ताजा तथ्याङ्क
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ५० लाख ५७ हजार ७६७ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर १९ लाख २३ हजार ८७७ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । आइतबार एकैदिन दोस्रो लहरपछिको सबैभन्दा धेरै १ हजार ६२० जनाको ज्यान गयो । शनिबार १ हजार ४९२ जनाको, शुक्रबार १ हजार ३३८ जनाको , बिहीबार १ हजार १८२ जनाको, बुधबार १ हजार ३७ जनाको र मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म १ लाख ७८ हजार ७९३ जनाको ज्यान गइसकेको छ । आइतबार १ लाख ४३ हजार ७०१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड २९ लाख ४८ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । आइतबार अहिलेसम्मकै सर्वाधिक ६८ हजार ६३१ जना संक्रमित थपिएका छन् । शनिबार ६७ हजार १२३ जना, शुक्रबार ६३ हजार ७२९ जना, बिहीबार ६१ हजार ६९५ जना, बुधबार ५८ हजार ९५२ जना, मंगलबार ६० हजार २१२ संक्रमित थपिएका थिए । 

हाल महाराष्ट्रमा मात्रै ६ लाख ७० हजार ३८८ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी ५०३ जनाको ज्यान गएको छ । शनिबार ४१९ जनाको, शुक्रबार ३९८ जनाको, बिहीबार ३४९ जनाको , बुधबार २७८ जनाको, मंगलबार २८१ जनाको ज्यान गएको थियो । 

राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ७४ हजार ९४१ पुगेका छन् । आइतबार मात्रै २५ हजार ४६२ संक्रमित थपिए । उत्तर प्रदेशमा १ लाख ९१ हजार ४५७ जना सक्रिय संक्रमित छन् । आइतबार ३० हजार ५६६ संक्रमित थपिए । 

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ४४ हजार ७०० जना पुगेका छन् । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी ८ हजार ६९० जना संक्रमित थपिएका छन् ।

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार हुन थालेका खवरसमेत आएका छन् । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सन समेत नपाइएको दुखेसो पीडितले गरेका छन् । 

भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५९० जनालाई कोरोनाको खोप समेत लगाइसकिएको छ ।



लोकप्रिय समाचार
नयाँ