arrow

गृह मन्त्रालय फेरि पाएका थापाको यस्तो रह्यो आइतबारको दौडधूप  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
ram-bahadur-thapa.JPG

काठमाडौं । आइतबार गृहमन्त्री रामबहादुर थापाका लागि विशेष रह्यो । उनी नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परी राष्ट्रिय सभाको सांसदबाट हटाइएपछि स्वतः गृहमन्त्रीबाट पनि मुक्त भए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई तत्कालै फेरि गृहमन्त्री बनाए । 

अनि साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिए । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो । 

राजनीतिक दल परिवर्तनका कारण राष्ट्रियसभाको सदस्य नरहेका उनको मन्त्री पदबाट स्वतः मुक्तिपछि प्रधानमन्त्री ओलीले थापालाई मन्त्रीमा पुनः नियुक्त गरेका थिए । 

सपथ खाएपछि उनी साँझ सिंहदरबार पुगे । गृहका कर्मचारीहरुको स्वागत खाए । पदभार ग्रहण गरे । अनि गृहका कर्मचारीलाई निर्देशन दिन पनि भ्याए । 

माओवादी छाडेर एमालेमा प्रवेश गरेसँगै उनलाई ओलीले एमालेको केन्द्रीय सदस्य बनाएका छन् । यसअघि माओवादी छाडेर एमालेमा आएका चार सांसदको पद खारेजी भएसँगै मन्त्री पद पनि गुमाएका तीन जना टोपबहादुर रायमाझी, खेमराज भट्ट र प्रभु साहलाई ओलीले पहिले दिएको मन्त्रालयकै जिम्मा दिएका थिए । 

संविधानअनुसार सांसद नभए पनि ६ महिनासम्म प्रधानमन्त्रीले गैर सांसदलाई पनि मन्त्री बनाउन पाउँछन् । थापाको कार्यकाल अब ६ महिनेमात्र हो । रायमाझी, भट्ट र साहको ६ महिने कार्यकाल गत महिनादेखि नै चालु छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ