arrow

माओवादी बैठकः कर्णालीको हेरेर किन आँट गर्न सक्दैन माओवादी ?

logo
बाबु नेपाली, 
प्रकाशित २०७८ वैशाख ६ सोमबार
maobadi-kendra.jpg_1617715441.png

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सोमबार बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले सोमबारका लागि स्थायी कमिटीको बैठक बोलाइएको जनाइएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो । 

के गर्ला ओली सरकारबारे ? 
माओवादीले अहिलेसम्म केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । आफ्ना पार्टीका सांसदहरु जसले ओलीलाई समर्थन गरेका छन् उनीहरुलाई पार्टी सांसदबाट हटाइसके पनि माओवादीले अहिलेसम्म ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । 

माओवादीले समर्थन फिर्ता लिने र अविश्वासको प्रस्ताव दर्ता सँगसँगै गर्ने गरी योजना बनाएको छ । त्यसका लागि प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी जसपाको साथ र सहयोगको जरुरी छ । 

तर अहिलेसम्म माओवादीले नै समर्थन दिइराखेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवाले समेत मुख खोलेर केही बोल्न सकेका छैनन् । 

उनले बहुमतको सरकार भएकाले आफूले बहुमतको सरकारसँग निहुँ नखोज्ने बताएका छन् । 

जसपाभित्र दुई धार भएकाले पनि माओवादी अप्ठेरोमा छ । तर आलोचित भने दिनप्रतिदिन भइरहेको छ । 

ओली स्वयंले नै समर्थन फिर्ता लिन भने पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँट गर्न सकेका छैनन् । 

कर्णालीको हेरेर किन आँट गर्न सक्दैन माओवादी ?
माओवादीले कर्णाली प्रदेशमा आएको नतिजालाई हेरेर पनि आँट गर्न सक्नु पर्दथ्यो । तर त्यसो गर्न सकेको छैन । 

कर्णालीमा माओवादी नेतृत्वको सरकारले समर्थन प्राप्त गरेको छ । त्यो समर्थन कांग्रेस र एमालेको ओली इतरको पक्षले दिएको समर्थनका कारण सम्भव भएको हो । 

माओवादीलाई सघाएकै कारणले एमालेका चार सांसदहरुलाई पार्टीले कारबाही गरेको छ । 

त्यसरी नै संघीय सरकारमा पनि एमालेले ‘फ्लोर क्रस’ गर्ने सम्भावना प्रचूर छ । ओलीले आफ्नै पार्टीका नेताहरुलाई आउने ढोका नै बन्द गरी कारबाही गर्न थालेपछि खनाल–नेपाल पक्षले नै नयाँ समानान्तर गतिविधि चलाइरहेको छ । 

खनाल–नेपाल पक्षले निर्वाचन आयोगमा आधिकारिकताका लागि निवेदनसमेत दिइसकेको अवस्थामा माओवादीले त्यसलाई समेत विश्वास गर्न नसक्नु दुःखद पक्ष भएको विश्लेषण गर्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ