arrow

कांग्रेस महाधिवेशनबारे प्रधानमन्त्री ओलीले बोल्नु दुर्भाग्य – डा.शेखर कोइराला 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको १४ औं महाधिवेशनबारे प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति गम्भीर आपत्ति जनाएका छन् । 

डा. कोइरालाले सर्वदलीय बैठकमा कांग्रेसको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशय प्रस्तुत गर्नु गम्भीर विषय भएको बताएका हुन् । 

उनले सामाजिक संजाल ट्वीटरमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘‘प्रधानमन्त्रीको सरकारी निवासमा भएको सर्वदलीय बैठकमा विपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य हो ।’

उनले अगाडि लेखेका छन्, ‘महाधिवेशन कांग्रेस पार्टीले गर्ने हो । यसमा कसैको अमूर्त स्वार्थ स्वीकार्य हुँदैन ।’

शनिबार बालुवाटारमा ओलीले बोलाएको सर्वदलीय बैठकमा ओलीले कांग्रेस महाधिवेशन सर्न सक्ने आशय व्यक्त गरेका थिए । 

ओलीले पार्टीको महाधिवेशन पछि सारेर गराउने जिम्मा आफूको भन्दै भदौमा उपनिर्वाचन गर्नका लागि कांग्रेसलाई मनाउने प्रयास गरेको कुरा बाहिरिएको थियो । 

कांग्रेसको १४ औं महाधिवेशन भदौ २० भित्र सम्पन्न नगरे कांग्रेसको अस्तित्व समाप्त हुन्छ । यति गम्भीर मोडमा आउँदासमेत नेतृत्व गम्भीर बन्न त सकेको छैन नै त्यसमा अर्को दलको अध्यक्षले भड्काउने मनसायले प्रस्ताव गर्दा पार्टी नै तहस नहस गराउने योजना त हैन भन्ने आशंका उब्जिएको छ । 

यस विषयमा सभाति शेरबहादुर देउवाले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । कांग्रेसले १४ औं महाधिवेशन भदौ दोस्रो साता गर्ने जनाइसकेको छ । 

त्यसकै लागि थप कार्यक्रम परिमार्जन गर्नका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपरान्ह बस्दैछ । 

यो बैठकमा प्रधानमन्त्रीको भनाइ बारेमा चर्चा हुन सक्ने बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ