arrow

शहरका सबै विद्यालय बैशाखभर बन्द 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
cabinet-2021-04-19.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी बढेसँगै सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकास मन्त्री प्रभु साहले जानकारी दिए । 

उनले कोभिड नियन्त्रण सम्बन्धी आदेश जारी भएको भन्दै त्यसमा के के पर्छन् भनेर पछि जानकारी हुने पनि बताएका छन् । 

विद्यालय बन्द गरेसँगै अब अनलाइन कक्षा सञ्‍चालन हुनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत हप्तादेखि नै विद्यालय बन्द गर्न अनुरोध गरे पनि त्यसमा सरकारले चासो देखाएको थिएन । 

मन्त्रालयले १४ जिल्लालाई अतिप्रभावित भनी वर्गीकरणसमेत गरेको थियो । 

कोरोनाको नयाँ भेरियन्ट र युके भेरियन्टले बालबालिका बढी प्रभावित हुन थालेपछि सरकारले ढिला गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा बैशाख मसान्तसम्म भर्चुअल कक्षामात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

सरकारले कोभिड नियन्त्रणसम्बन्धी आदेश पनि सार्वजनिक गर्दैछ । उक्त आदेश अनुसार अब २५ जनाभन्दा बढीको भेलामा रोक लगाउने निर्णय भएको छ । 

सरकारले सिनेमा हल, डान्स बार, क्लब, दोहोरी साँझ, सभा जुलुस, दर्शक सहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्वीमिङ पुल, हाटबजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले बैशाख मसान्तभर बन्द गर्ने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ