arrow

पूर्व मन्त्री सुवाल रहेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
pragyag-raj-suwal.jpg

काठमाडौं । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भएको छ । उनी ९३ वर्षका थिए । 

प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय भए । 

पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । सुवालको सोमबार टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ