arrow

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको भारत भ्रमण स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
boris-johnson2.jpg

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको भारत भ्रमण स्थगित भएको छ । कोरोना भाइरसको दोस्रो लहरले उग्ररुप लिइरहेको अवस्थामा उनको भ्रमण दुई पक्षीय सहमति अनुसार स्थगित गरिएको भारतीय विदेशमन्त्रालयले जनाएको छ ।

अप्रिल २५ र २६ मा बेलायतका प्रधानमन्त्री जोन्सनले भारत भ्रमण गर्ने तय भएको बताइएको छ । भारतको विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले अहिलेको कोभिड १९ को अवस्थालाई ध्यानमा राख्दै दोस्रो साता बेलायतका प्रधानमन्त्री जोन्सनले भारतको भ्रमण नगर्ने बताएका हुन् ।

भारत र बेलायतको सम्बन्धलाई थप प्रगाढ बनाउन आउँदा दिनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भर्चुलरुपमा वार्ता गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
नयाँ