arrow

राप्रपाको महाधिवेशन कार्य तालिका परिवर्तन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
Raprapa-3leader.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो महाधिवेशन कार्य तालिका परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले पार्टीको महाधिवेशन जेठ २२ देखि २५ सम्म गर्ने पूर्वनिर्धारित तालिकामा परिवर्तन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराएका छन् ।

कार्यतालिका अनुसार सक्रिय सदस्यता वितरण र स्थानीय तहको अधिवेशन बैशाख मसान्तसम्म सम्पन्न गर्ने निर्णय भएको उनले जानकारी दिए । त्यस्तै प्रदेश अधिवेशन जेठ ७ गतेभित्र र महाधिवेशन प्रतिनिधि चयन जेठ १० गतेसम्म चयन गर्ने निर्णय भएको छ ।

राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले सक्रिय सदस्यता र स्थानीय तहको अधिवेशन नसकिएको तथा कोरोनाको नयाँ भेरियन्टको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कार्यतालिका परिवर्तन गरिएको हो ।

यसअघि २०७८ बैशाख २५ देखि २८ गतेसम्म काठमाडौमा हुने महाधिवेशनका लागि पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ