arrow

चीनमा उइगुर जातीमाथिको दमन बारे डच संसद्को निर्णयलाई अमेरिकी कूटनीतिज्ञद्वारा समर्थन

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख ६ सोमबार
uyghur-muslim-china.jpg

वासिङ्टन डिसी। अन्तर्राष्ट्रिय धर्म स्वतन्त्रताका लागि पूर्व अमेरिकी राजदूत साम ब्रउनब्याकले उइगुरको विषयमा डच (नेदरल्याण्ड) संसद्को निर्णयको प्रशंसा गरेका छन्।

चीनमा अल्पसङ्ख्यक उइगुर समुदायमाथि सरकारको दमनलाई नरसंहारको संज्ञा दिन डच सांसदले प्रस्ताव पारित गरेपछि पूर्व अमेरिकी राजदूत ब्रउनब्याकले समर्थन जनाउँदै प्रशंसा गरेका हुन्। ब्रउनब्याकले ट्विट गर्दै डच संसद्को कदमलाई उदाहरणको रूपमा लिन युरोपेली सङ्घलाई समेत आग्रह गरेका छन्।

डच सांसदले चीनमा अल्पसङ्ख्यक उइगुरमाथि चिनियाँ कम्युनिस्ट पार्टीको दमनलाई नरसंहारको संज्ञा दिएर महत्त्वपूर्ण कदम लिएको र युरोपेली सङ्घले पनि यसलाई उदाहरणको रूपमा लिनुपर्ने ब्रउनब्याकले ट्विट गरेका छन्।

नेदरल्याण्डको सांसदले केही समयअघि चीनमा उइगुरमाथिको दमन नरसंहार रहेको बताउँदै प्रस्ताव पारित गरेको थियो। अल्पसङ्ख्यक उइगुरमाथिको दमनलाई नरसंहारको संज्ञा दिने नेदरल्याण्ड पहिलो युरोपेली मुलुक बनेको छ।



लोकप्रिय समाचार
नयाँ