arrow

रेल परियोजनामा आर्थिक सङ्कट भएको चीनको आरोपको बङ्गलादेशद्वारा खण्डन

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख ६ सोमबार
padma-bridge-rail-link.jpg

ढाका। बङ्गलादेशमा रेल परियोजनामा आर्थिक कोषको सङ्कटका कारण काम नभएको भन्ने चिनियाँ कम्पनीको आरोपको बङ्गलादेशले खण्डन गरेको छ।

चिनियाँ रेलवे ग्रुप लिमिटेड (सिआर्ईसी) ले बङ्गलादेशमा पद्मा ब्रिज रेल परियोजनामा कोषको अभाव भएको आरोप लगाएपछि बङ्गलादेशको रेलवे मन्त्रालयले  उक्त आरोपको खण्डन गरेको हो।

रेलवे मन्त्रालयले ठेकेदार कम्पनीहरूको आरोपलाई सम्बोधन गर्ने तर रकम भुक्तानी गर्न ढिलो भएको बारे सिआर्ईसीले हालसम्म आफूहरूलाई सूचना नगरेको बताएको छ।

यदि रकम भुक्तानीमा ढिलाइ भए मिडियामा प्रचार गर्नुभन्दा सम्बन्धित निकायलाई सूचना गर्नुपर्ने रेलवे मन्त्री नुरुल इस्लाम सुजनले बताएका छन्। यद्यपि, कोष सङ्कटबारे आफूहरूले कुनै प्रेस विज्ञप्ति सार्वजनिक नगरेको सिआर्ईसिले दाबी गरेको छ।

बङ्गलादेशमा पद्मा ब्रिज रेल परियोजनालाई चीनको ऋणको फन्दाको रूपमा विश्लेषण भएको छ। चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत दक्षिण एसियाली मुलुकहरूमा विभिन्न पूर्वाधार परियोजनाहरू बिस्तार गरिरहेको छ।

चीनले यस्ता परियोजनाहरूको ऋणमा चर्को ब्याज उठाउने तथा परियोजना ढिलाइ गर्ने र ऋणमा डुबाउने गरेको विश्लेषण हुँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ