arrow

भारतबाट हङकङ गएको विमानका ४९ यात्रुमा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
Vistara-Airlines.jpg

काठमाडौँ । ४ अप्रिलमा भारतबाट हङकङ उडेको भिस्तारा एयरलाइन्सको विमानका ४९ यात्रुहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मङ्गलवार संक्रमण पुष्टि भएपछि हङकङले भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानमा रोक लगाएको छ ।

यो सङ्ख्या त्यहाँ दैनिक भेटिइरहेका संक्रमितको सङ्ख्या भन्दा बढी हो । जनवरीमा हङकङले संक्रमणको चौथो लहर नियन्त्रणमा लिएको थियो ।

विश्वकै सबैभन्दा कडाइ सुरक्षाका नीतिका रूपमा रहेको अनिवार्य ३ साताको क्वारेनटिन क्रममा यी यात्रुहरूमा संक्रमण पुष्टि भएको हो ।

विमानमा कति यात्रु सवार थिए भनेर त्यहाँका अधिकारीहरुले बताएका भने छैनन् ।



लोकप्रिय समाचार
नयाँ